Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्ने

    सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्ने

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 429
    SHARES

    काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गर्न संयुक्त वक्तव्य जारी गर्ने भएका छन्।

    सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले आफ्ना उम्मेदवारलाई मतदान गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।



    समितिको निर्णयमा भनिएको छ, ‘मतदाताहरूसँग गठबन्धनका उम्मेदवारको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताज्यूहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने । राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिले गठबन्धन उम्मेदवारको पक्षमा मतदातासँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने ।’



    बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

    बैठकले समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने पनि निर्णय गरिएको छ ।

    आजको बैठकमा सातवटै प्रदेशबाट राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार