Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • छिट्टै कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाउने

    कार्यदल बैठक : संघमा सिट दिन नसकिएका दललाई प्रदेशमा प्राथमिकता

    कार्यदल बैठक : संघमा सिट दिन नसकिएका दललाई प्रदेशमा प्राथमिकता

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौं । सत्तारूढ गठबन्धनको कार्यदलमा प्रदेश तहमा चुनावी सिट बाँडफाँटका विषयमा पनि छलफल भएको छ ।

    बालुवाटारमा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश तहमा गठबन्धन दलहरूबीचको सिट बाँडफाँटमा विषयमा छलफल भएको हो ।



    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा प्रदेश तहमा दलहरूले आ–आफ्नै दाबी गरे ।



    प्रदेश तहको सिट बाँडफाँटमा संघमा दाबी गरेका तर सिट दिन नसकिएका दललाई प्राथमिकता दिने गरी मोडालिटीमा समझदारी बनेको उनले जानकारी दिए ।

    उनले छिट्टै कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाउने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार