Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

    सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 459
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ ।

    सेतो मच्छिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीनधाराबाट तानेर शहरका विभिन्न स्थान लगिने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ ।



    बुधबार महिलाले मात्रै रथ तानेर रत्नपार्क हुँदै भोटाहिटीसम्म पुर्‍याउने छन् । बिहीबार रथलाई असनसम्म तानिन्छ । तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै रथ लगनटोल पुर्‍याइनेछ ।



    उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने परम्परा अनुसार रथयात्रा गर्ने गरिएको हो ।

    वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार