Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा

    सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 378
    SHARES

    काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । आज अपरान्ह ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो ।

    त्यस्तै आज नै ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ। चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ।



    १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।



    त्यस्तै चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको बतायउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार