Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति ?

    पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 615
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

    सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।



    घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ । मूल्य घटेसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो ।



    यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ ।

    खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत राखिएको छ । यसअघि भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार