Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • श्रीलंकाको अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

    श्रीलंकाको अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 513
    SHARES

    कोलम्बो । श्रीलंकामा माग निरन्तर कम हुँदै गएको रोजगारी र आयमा कमी आएको र आपूर्तिपक्षको अवरोधले उत्पादनमा प्रतिकूल प्रभाव पारेको भन्दै विश्व बैंकले यहाँको अर्थतन्त्रमा सन् २०२३ मा ४.३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ ।

    आन्तरिक तथा बाह्य आर्थिक संकट र वित्तीय असन्तुलन साथै तरल राजनीतिक स्थितिले देशको आर्थिक परिदृश्यमा महत्वपूर्ण अनिश्चितता पैदा गरेको छ ।



    विश्व बैंकले आफ्नो दुई वर्षको अद्यावधिकमा देशको आर्थिक संकटको मूल कारणहरूलाई सुधार गर्न र भविष्यको संकटहरू रोक्न बलियो र लचिलो अर्थव्यवस्था निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।



    माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस एच हदाद–जर्भोसले भने, “श्रीलंकाको आर्थिक संकटले गहिरो प्रभाव पारेको छ र सन् २०२१ देखि २०२२ को बीचमा ५० लाखभन्दा बढी रोजगारी गुमेको छ । थप २७ लाख मानिस गरिबीको रेखामुनि फसेका छन् ।

    “यस संकटको डरलाग्दो प्रभावबाट लामो समयसम्म पुनः उत्थान हुनुका साथै ढिलो ऋण पुनर्संरचना प्रक्रिया, सीमित बाह्य वित्तीय सहयोग र अनिश्चित विश्वव्यापी वातावरणले देशको आर्थिक वृद्धिमा गम्भीर जोखिम उत्पन्न गर्दछ,” निर्देशक हदाद–जर्भोसले भने।

    विश्व बैंकका अनुसार सन् २०२३ र त्यसपछि पनि अर्थतन्त्रले महत्वपूर्ण चुनौतीको सामना गर्नुपर्नेछ र तल्लो स्तरको बाह्य व्यापार सन्तुलनले आन्तरिक व्यापार, आर्थिक गतिविधि, रोजगारी र आयमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

    “अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सरकारको सुधार कार्यक्रमको सबल र प्रभावकारी कार्यान्वयनले आत्मविश्वास बढाउन र नयाँ पुँजी प्रवाहलाई आकर्षित गर्न सक्छ जुन रोजगारीको सम्भावना सुधार गर्न र जीविकोपार्जन पुनः स्थापनाको लागि महत्वपूर्ण छ,” विश्व बैंकले भनेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार