Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बैतडी जिप दुर्घटनाका पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सांसद जोशीको माग

    बैतडी जिप दुर्घटनाका पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सांसद जोशीको माग

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौखेलमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जोशीले बैतडीमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् ।



    सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले शवसमेत बुझ्न नमानेको भन्दै सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।



    रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार जीप चैत २८ गते साँझ दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार