Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बिन्दाबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    बिन्दाबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विन्ध्यवासिनी कंशाकारलाई सामानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

    घुस मागेको अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि कंसाकारलाई सामानुपातिक सांसद बनाउने निर्णय गरिएको हो ।



    समानुपातिक बन्दसूचीअनुसार उनलाई सांसद बनाउने पक्रिया अगाडि बढाउने पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । उनले सांसद श्रेष्ठले सोचेजस्तो जवाफ दिन नसकेको भन्दै कारबाही गरिएको बताए ।



    झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन वसुन्धरास्थित केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसेको थियो ।

    बैठकका लागि सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार