Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • उपराष्ट्रपति यादव भन्छन् – मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनुपर्छ

    उपराष्ट्रपति यादव भन्छन् – मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 447
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

    नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षमा उमंगका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गरोस् भनी कामना गरे ।



    उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रूपमा रहेको जल, जमिन, जंगल, जडीबुुटी र जनशक्ति जस्ता महत्त्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउन लक्षित हुनुपर्नेमा जोड दिए । उनले दीगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समातामूलक समाज स्थापना गर्न आह्वान गरेका छन् ।



    उपराष्ट्रपति यादवले सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावना अभिवृद्धि गर्दै अघि बढ्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    उनले नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव भएको र हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार