Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आईपीएल : कोलकातालाई हराउँदै हैदराबादको जित

    आईपीएल : कोलकातालाई हराउँदै हैदराबादको जित

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 588
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

    गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता २३ रनले पराजित भएको हो ।



    जितका लागि २ सय २९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्रै बनायो ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

    कोलकाता ४ खेलमा ४ अङ्ककासाथ तालिकाको चौथो स्थानमा र हैदराबाद ४ खेलमा ४ अङ्ककासाथ सातौँ स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार