Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु

    भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु भएको छ ।

    जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका हजुरआमा र नातिनीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातिनी दुई वर्षीया सोनिया धामी रहेका छन् ।



    शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार