Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आईपीएल : लखनउमाथि पञ्जाबको रोमाञ्चक जित

    आईपीएल : लखनउमाथि पञ्जाबको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 549
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई पञ्जाब किङ्सले हराएको छ ।

    गएराति लखनउको घरेलु मैदानमा पञ्जाबले २ विकेटको रोमाञ्चक जित निकालेको हो । पञ्जाबको यो तेस्रो जित हो ।



    लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।



    पञ्जाबले ५ खेलमा ६ अङ्क जोडेको छ । पञ्जाब अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा ६ अङ्क नै रहेको लखनउ दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार