Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नुहाउने क्रममा तीन जना बेपत्ता, एकको शव फेला

    नुहाउने क्रममा तीन जना बेपत्ता, एकको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 1.1K
    SHARES

    सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका-१ सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ ।

    बुधबार नदीमा डुबेका तीन जनामध्ये सशस्त्र प्रहरीले एक जनाको शव फेला पारी नदीबाट बाहिर निकालेको हो । अन्य दुई जनाको खोजीकार्य भइरहेको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।



    घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डीएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपानेको शव नदीबाट बाहिर निकालेको हो।



    न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने आज बिहान नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार