Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कर्णाली सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले आज शपथ लिँदै

    कर्णाली सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले आज शपथ लिँदै

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 468
    SHARES

    फाइल फोटो

    काठमाडौं। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि काँग्रेसले पठाएका मन्त्रीहरुको शपथ हुन लागेको हो ।



    उनीहरुले आज साढे १२ बजे सपथग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।



    कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्णकुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित शपथ लिने भएका छन् ।

    काँग्रेसका नयाँ मन्त्रीहरुले बुधबार नै शपथ लिने भनिएतापनि आन्तरिक विवादका कारण शपथ हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार