Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुगुमा भीषण आगलागी: प्रारम्भिक अनुमानमा १०० करोडको क्षति, कर्णाली सरकारले राहत उपलब्ध गराउने

    मुगुमा भीषण आगलागी: प्रारम्भिक अनुमानमा १०० करोडको क्षति, कर्णाली सरकारले राहत उपलब्ध गराउने

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.8K
    SHARES

    मुगु । गएराति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ ।

    राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो ।



    आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।



    आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौंको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ । प्रहरी मुचुल्काका लागि घरधनी, पसलधनीहरुसँग सोधपुछ चलिरहेकाले क्षतिको विवरण अहिले उपलब्ध गराउन नसकिने बताइएको छ ।

    बजारमा चलनचल्तीको बिक्री दर अनुमान गर्दा घरबारमात्र करोडौंको मुल्यभन्दा बढीको क्षति भएको र पसलहरुको सामानसमेत जोड्दा १०० करोड आसपाससम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए ।

    राति बाह्र बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो । पुराना माटो, ढुङ्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्ररुप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरु उठाउनसमेत पाएनन् ।

    गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राति नै ट्याङ्की खाली गरी पानी छोडे पनि आगलागी नियन्त्रणमा लिन कठिन भएको थियो ।

    यसैबीच, आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ।  कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

    पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आगलागीको पीडितको अवस्था बुझ्न मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार