Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • महोत्तरीको मटिहानीमा आगलागीबाट ९२ घर जले, १५० बढी घरमा क्षति

    महोत्तरीको मटिहानीमा आगलागीबाट ९२ घर जले, १५० बढी घरमा क्षति

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 795
    SHARES

    फाइल तस्विर

    महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

    आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।



    आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए।



    ‘आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्’, प्रहरी नायव उपरीक्षक जैसवारले भने।

    आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार