Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कपनमा चक्कु प्रहारबाट महिलाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

    कपनमा चक्कु प्रहारबाट महिलाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ ।

    बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो ।



    चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार