Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रवि लामिछानेले रेकर्ड ब्रेक गर्दा उनैका पार्टीका रमेश खरेलको जमानत जफत

    रवि लामिछानेले रेकर्ड ब्रेक गर्दा उनैका पार्टीका रमेश खरेलको जमानत जफत

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 864
    SHARES

    काठमाडौं । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले अफ्नै रेकर्ड ब्रेक गर्दै भारी मतान्तर सहित दोस्रो पटक प्रतिनिधिसभा सदस्य बने ।

    लामिछाने ६ महिनाभित्र दोस्रोपटक जनअनुमोदित भएका हुन् । नेपालको चुनावी इतिहासमै कीर्तिमानी रहेको छ । सर्वोच्च अदालतको फैसलाबाट सांसद पद गुमाएपछि रवि दोस्रोपटक चितवन–२ मा उम्मेदवार बनेका थिए । मंसिर ४ को चुनावमा देशभरमै ठूलो अन्तरालको जित हात पारेका रविले अहिले त्यो रेकर्ड ब्रेक गरे ।



    रवि लामिछानेले निकटतम प्रतिस्पर्धी जितनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतान्तरका साथ हराए । लामिछानेले ५४ हजार १७६ मत ल्याउँदा श्रेष्ठ ११२१४ भोटमा रोकिएका छन् ।



    गत चुनावमा सर्वाधिक मतान्तरले जितेका लामिछानेले यो चुनावमा आफ्नै रेकर्ड तोडेका हुन् । मंसिर ४ मा रविले ४९ हजार ३ सय भोट ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १४

    हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५४ मत ल्याएका थिए । प्रमुख प्रतिस्पर्धी श्रेष्ठसँग उनको मतान्तर ३४ हजार ३१२ थियो ।

    लामिछानेले कायम गरेको मतान्तर सम्भवतः नेपालको चुनावी इतिहासमै सबैभन्दा ठूलो हो । १० वटा दलको समर्थन प्राप्त कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई समेत उनले निरिह बनाइदिए ।

    तर, उनैको पार्टीका उम्मेदवार रमेश खरेलको भने जमानत जफत भएको छ । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको हो।

    निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्।

    बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४।१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो।

    बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्।

    उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन्।

    यहाँ प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवालीले २ हजार ७३८ मतमात्रै पाएका छन्। आयोगको प्रावधानअनुसार उनको पनि जमानत जफत भएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको छ।

    त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार