Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनसेलको नयाँ नम्बर अब ९७० रेञ्जबाट सुरू हुने

    एनसेलको नयाँ नम्बर अब ९७० रेञ्जबाट सुरू हुने

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 717
    SHARES

    काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने भएको छ।

    एनसेल आजियाटाले बिहीबार एक सूचना जारी गर्दै प्रयोगकर्ताहरूलाई ९७० बाट सुरू हुने नम्बर उपलब्ध गराउने जनाएको हो।



    एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।



    यतिबेला एनसेलले ९८०, ९८१ र ९८२ नम्बर रेन्जमार्फत सिम कार्ड वितरण गरिरहेको छ। यीबाहेक अब भने ९७० रेन्जबाट पनि सिम वितरण हुने भएको हो।

    एनसेलले करिब तीन करोड सिम वितरण गरिसकेको छ। तीन करोड सिमको लागि प्राधिकरणले एनसेललाई ९८०, ९८१ र ९८२ रेन्ज प्रदान गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार