Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जुवा खेलिरहेका सातजना पक्राउ, झन्डै एक लाख बरामद

    जुवा खेलिरहेका सातजना पक्राउ, झन्डै एक लाख बरामद

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 867
    SHARES

    दाङ । दाङमा जुवा खेलिरहेका सात जना झन्डै एक लाख रूपैयाँ नगदसहित पक्राउ परेका छन् ।

    जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित स्युजाली होटल एन्ड लजमा ९२ हजार रूपैयाँभन्दा बढी रकमसहित सात जना पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा होटल सञ्चालक घोराही– १७ का ४७ वर्षीय माधव गैरे, बंगलाचुली गाउँपालिका– ४ का २८ वर्षीय माधव खड्का, बंगलाचुली – २ का ३२ वर्षीय भरत घर्ती मगर, बंगलाचुली– ४ का २८ वर्षीय ताराप्रसाद न्यौपाने र बंगलाचुली– ६ का २४ वर्षीय पुषक अधिकारी रहेका छन् ।



    यस्तै बंगलाचुली– ५ का ३४ वर्षीय दिवाकर वली र बंगलाचुली घर भई घोराही– १५ मा बस्दै आएका वर्ष ३० का नारायणप्रसाद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूलाई गोप्य सूचनाका आधारमा प्रहरीले गएराति पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार