Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रास्वपा सांसद स्वर्णिम वाग्लेले भने – अर्थतन्त्रले लय गुमाइरहेको छ, झारफुकले पुग्दैन

    रास्वपा सांसद स्वर्णिम वाग्लेले भने – अर्थतन्त्रले लय गुमाइरहेको छ, झारफुकले पुग्दैन

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 621
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा )का सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रले लय गुमाइरहेको बेला आर्थिक वृद्धिको विषय उठ्नु उपयुक्त नभएको बताएका छन् ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यस्तो बताएका हुन् ।



    सांसद वाग्लेले भने, ‘अर्थमन्त्री भन्नुहुन्छ, आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, संघीयताको सबलीकरण गर्छु, सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको साथ लिएर अघि बढ्छु। त्यही पनि किन खल्लो छ ? आज माहोल। किन हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ। यो यथास्थितिवादी निबन्धले सम्पूर्ण निति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा सच्चिने, सुधार्ने बाटो हामी खोजिरहेका छैनौं।’



    सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकलाई यथास्थितिवादी निबन्ध भएको सांसद वाग्लेले बताए । कर्जा, लगानीबीच ठूलो भ्वाङ रहेको बताए। अर्थतन्त्रले सर्जरी खोजको भन्दै झारफुकले मात्रै नपुग्ने वाग्लेको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार