Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बजेट सुनिश्चितताको माग गर्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

    बजेट सुनिश्चितताको माग गर्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 564
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै बर्दियामा आमरण अनसनमा बसेका छन् ।

    बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित गौतम बर्दियाको जब्दीघाटस्थित भत्किएको पुलमुनि टेन्ट लगाएर शनिबार बेलुकीदेखि आमरण अनशनमा बसेका हुन् ।



    उनको बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग रहेका छन् ।



    उनको मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल तत्काल निर्माण गर्नुपर्ने रहेको छ । सो अनसनमा बस्नु अघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार