Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • त्रिवि भिसी अगाडि उपप्राध्यापक चलाउनेले थाले आमरण अनशन

    त्रिवि भिसी अगाडि उपप्राध्यापक चलाउनेले थाले आमरण अनशन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय भिसी कार्यालय अगाडि विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउन आमरण सुरु गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउन आमरण अनसनमा सुरु गरेका हुन् ।

    पत्रकार सम्मेलनमा उनले देशमा न्याय मरेको उल्लेख गर्दै आफूले न्याय प्राप्तिका लागि अनसनमा बस्नुपरेको बताए ।



    सरकारले आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय गरेपछि धर्ना दिन अदालत पुगेका उपप्राध्यापक चलाउनेलाई आजै प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको थियो ।



    चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।

    जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार