Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई काठमाडौं प्रहरी परिसर ल्याइयो

    बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई काठमाडौं प्रहरी परिसर ल्याइयो

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।

    प्रहरी स्रोतका अनुसार हिरासतमा राख्नुअघि सांसदसमेत रहेका रायमाझीको स्वास्थ्य परिक्षणको तयारी अघि बढाइएको छ । उनलाई अहिले नै काठमाडौंको भिड कम भएको अस्पताल लगेर स्वास्थ्य जाँच गराउन लागिएको बताइएको छ ।



    बूढानिलकण्ठस्थित पासीकोटबाट पक्राउ परेका रायमाझीलाई लगत्तै परिसर ल्याइएको थियो । उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो ।



    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार