Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सभामुख घिमिरे र सांसद भण्डारीबीच भेटवार्ता, भने – जनतासामु केही कुराहरू राख्न मन छ

    सभामुख घिमिरे र सांसद भण्डारीबीच भेटवार्ता, भने – जनतासामु केही कुराहरू राख्न मन छ

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।

    ग्यास लिकपछि आगलागीबाट घाइते भएका सांसद भण्डारीसँग बुधबार बत्तिसपुतलीमा सभामुख घिमिरेले भेट गरेका हुन् । भेटमा सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।



    सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा केही कुराहरू राख्न चाहेको बताए । जवाफमा सभामुख घिमिरेले चिकित्सकको सिफारिस भए विशेष व्यवस्था गरेर बोल्न दिन सकिने बताए ।



    उक्त घटनामा सांसद भण्डारीसँगै उनकी आमा हरिकला सिकिस्त घाइते भएकी थिइन् । उनको उपचारको क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार