Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डाक्टर प्रसन्ना मृत्यु प्रकरण : दुईजना पक्राउ, अनुसन्धान गर्दै प्रहरी

    डाक्टर प्रसन्ना मृत्यु प्रकरण : दुईजना पक्राउ, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा. प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

    धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसी र डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो ।



    शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए । सोही आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।



    डाक्टर प्रसन्ना बिहीबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार