Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • डाक्टर शाह मृत्यु प्रकरण : सहकर्मी डाक्टर भट्टराई जेल चलान

    डाक्टर शाह मृत्यु प्रकरण : सहकर्मी डाक्टर भट्टराई जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डाक्टर प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डाक्टर सन्दीप भट्टराईलाई पुर्पक्षका कारागार चलान भएका छन् ।

    सोमबार जिल्ला अदालत कैलालीले डाक्टर भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता खगेन्द्र साउँदका अनुसार आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेका डाक्टर भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए ।



    साउँदका अनुसार सोही मुद्धामा अनुसन्धानमा रहेका विकल केसी भने ५० हजार धरौटीमा रिहा भएका छन् ।

    धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार