Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तीन महिनापछि संसद्‍मा चन्द्र भण्डारी, भने – ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो

    तीन महिनापछि संसद्‍मा चन्द्र भण्डारी, भने – ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।

    आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका सांसद भण्डारी तीन महिनापछि संसद बैठकमा उपस्थित भएका हुन् ।



    सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका छन्।



    ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उनले बताए ।

    उनले भने,’ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो । मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो। अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’

    भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो।

    फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार