Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, १ अर्ब ८७ करोड बढीको कारोबार

    दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, १ अर्ब ८७ करोड बढीको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 708
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको हो ।

    अघिल्लो दिनमात्रै ५१ अंकको उछाल भएको बजारमा आज ४८ लाख ६५ हजार ४७५ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।



    आज आत्मनिर्धर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै कारोबारका आधारमा शिवम सिमेन्ट १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।



    उपसमूहतर्फ भने ३ समूहबाहेक बाँकी १० वटा समूहको शेयर मूल्यमा वृद्धि भएको छ । बुधबार बजार पूँजीकरण २८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार