Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सभामुख र उपसभामुखले दिए बधाई

    कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सभामुख र उपसभामुखले दिए बधाई

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 984
    SHARES

    काठमाडौं । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बधाईसहित सम्मान व्यक्त गरेका छन् ।

    बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै सभामुखले बधाई तथा शुभकामना सन्देश प्रदान गरेका हुन् ।



    उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन् ।



    ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार