Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कीर्तिमानी आरोही बुढामगरलाई बेलायती प्रधानमन्त्रीका तर्फबाट ‘पोइन्ट अफ लाइट’ अवार्ड

    कीर्तिमानी आरोही बुढामगरलाई बेलायती प्रधानमन्त्रीका तर्फबाट ‘पोइन्ट अफ लाइट’ अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 636
    SHARES

    काठमाडौं । कीर्तिमानी आरोही हरि बुढामगरलाई बेलायती प्रधानमन्त्रीका तर्फबाट ‘पोइन्ट अफ लाइट’ अवार्ड प्रदान गरिएको छ।

    सशस्त्र बल दिवस (आर्म्ड फोर्सेस डे) को अवसरमा बुढामगरलाई भेटेरान्स मन्त्री जोनी मर्सरले उक्त अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनककी पत्नि अक्षता मूर्ति पनि उपस्थित थिइन्।



    अपाङ्गता भएका व्यक्तिहरूको लागि वकालत गर्ने असाधारण सेवाको समान्नमा बुढामगरलाई उक्त अवार्ड प्रदान गरिएको बताइएको छ।



    बेलायतमा ‘पोइन्ट अफ लाइट’ अवार्ड असाधारण काम गरेर समुदायमा उल्लेख्य र सकारात्मक परिवर्तन ल्याउन समर्पितहरुलाई प्रदान गर्ने गरिन्छ।

    ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार