Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • जलहरीमा मुचुल्का विवाद : तौल र गुणस्तर परीक्षण गर्न आग्रह

    जलहरीमा मुचुल्का विवाद : तौल र गुणस्तर परीक्षण गर्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 513
    SHARES

    काठमाडौँ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

    प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका हुन् ।



    यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उनले बताए । तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण नभएको उनले बताए ।



    मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको दाबी उनको छ ।

    अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ । तर यो विषय अझै टुङ्गिएको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान जारी रहेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार