Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • क्लबहरुको अडानपछि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

    क्लबहरुको अडानपछि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।



    भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोबाट राष्ट्रिय टिमको प्रशिक्षण थालिएको थियो ।



    तर, ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फा प्रशिक्षण स्थगित गर्न बाध्य भएको हो ।

    मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।

    साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफको तयारीका लागि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार