Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सर्वोच्चले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न भनेपछि विराटनगरमा प्रदर्शन

    सर्वोच्चले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न भनेपछि विराटनगरमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 732
    SHARES

    विराटनगर । सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ ।

    नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन अदालतले यस्तो आदेश दिएको थियो । सोही आदेशविरुद्ध सडकमा ओर्लिएका युवाले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् ।



    राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो । शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो ।



    तर सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो ।

    सडकसमेत अवरोध गरेका उनीहरूले तत्कालै नागरिकता दिनुपर्ने माग गरेका छन् । सर्वोच्चको आदेशले आफूहरू थप पीडित बन्ने उनीहरुको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार