Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सर्वोच्च अदालतको आदेशविरुद्ध धनुषामा प्रदर्शन

    सर्वोच्च अदालतको आदेशविरुद्ध धनुषामा प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 756
    SHARES

    धनुषा । नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा धनुषामा चक्काजाम भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले सोमबार बिहान चक्काजाम गरेको हो।



    नश्लीय सोचका कारण राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको संघर्ष समितिको आरोप छ।



    जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता कानुनको विरोध गरेका एमालेलगायत दलहरूविरूद्ध नाराबाजी गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।

    अहिले सर्वोच्च अदालत, एमालेविरूद्ध पनि उनीहरूले नाराबाजी गरिरहेका छन्। सर्वोच्चले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा धनुषाको महेन्द्रनगरका स्थानीय राजमार्ग अवरुद्ध गरेका छन् ।

    उनीहरू पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन समेत ठप्प पारेका छन् । प्रदर्शनमा सहभागीहरूले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् ।

    गृह मन्त्रालयले परिपत्र गरिसके पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको भन्दै समितिले हिजो जनकपुरमा प्रदर्शन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार