Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको मौसम : तराईमा ‘लु’, पहाडमा चट्याङको सम्भावना

    आजको मौसम : तराईमा ‘लु’, पहाडमा चट्याङको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 786
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    जसकारण अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।



    दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।



    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले नियमित बुलेटिनमार्फत बताएको छ।

    रातिपख पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने नै बताइएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखाइएको छ। यस्तै काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ ।

    हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ । मौसमविद्का अनुसार काठमाडौंमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार