Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वामदेव गौतमले भने – एमाले मेरो घर हो, ओलीले बोलाए फर्किन तयार छु

    वामदेव गौतमले भने – एमाले मेरो घर हो, ओलीले बोलाए फर्किन तयार छु

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 795
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाए नि:शर्त फर्किन तयार रहेको बताएका छन् ।

    बुधवार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् ।



    नेता गौतमले भने,’उमेर हद शारीरिक अवस्था हो । उमेरका आधारमा विभेद गर्न पाइँदैन । यो अपराध हो । यो हट्नै पर्ने हो । यसपटक हटाएको होइन, निलम्बन गरेको हो , यदि उहाँहरूले मलाई खबर गर्नुभो । तपाई आउनुपर्‍यो भन्नुभयो भने म र मसँग भएका साथीहरू लिएर जान्छु । यही अवस्थामा जान्छौँ ।’



    अध्यक्ष ओलीले बोलाए आफू नि:शर्त र खुसीसाथ एमालेमा फर्किने उनले बताए । नेता गौतमले पार्टी खोलेको नभएर एकता अभियान मात्रै चलाएको बताए ।एमालेबाट अलग भएका गौतम पार्टीमा फर्किने ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आएका थिए ।

    अहिले पनि आफू एमालेकै सदस्य रहेको नेता गौतमले दाबी गरे । उनले आफू कुनै पद लिन नभई पार्टीमा योगदान गर्न जाने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार