Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

    प्रधानमन्त्री प्रचण्ड बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 609
    SHARES

    दाङ । लुम्बिनी प्रदेशसभाको आज (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आउने भएकाले आजको बैठक स्थगित गरिएको हो ।

    सभामुख तुलाराम घर्तीमगरका अनुसार बुटवलमा केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने भएपछि उनको स्वागतमा मुख्यमन्त्री, सभामुखलगायत बुटवल जानुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।



    प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा भने विशेष कारणवश प्रदेशसभाको नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक स्थगित भएको उल्लेख गरिएको छ ।



    आज स्थगित भएको प्रदेशसभाको बैठक भोलि (जेठ २६ गते) बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार