Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निजामती विधेयक पारित गर्ने लुम्बिनी सरकारको तयारी

    निजामती विधेयक पारित गर्ने लुम्बिनी सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 543
    SHARES

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले प्रदेश सभामा विचाराधीन रहेको निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी गरेको छ ।

    ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



    त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो ।



    समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार