Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले‍को अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

    एमाले‍को अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 609
    SHARES

    बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    एमालेको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक आजै दिउँसो साढे २ बजे बस्ने गरी स्थगित गरेका हुन् ।



    बैठकको सुरुमै समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक बैजनाथ कलवालरले लुम्बिनी प्रदेश सरकारले क्रमागत योजना कटौती नगर्ने भने पनि त्यो अनुसारको बजेट नआएको भन्दै संसद चल्न नदिने चेतावनी दिए ।



    प्रमुख सचेतक कलवारले बोलेसँगै एमालेका सांसदहरू उठेर विरोध गरेपछि सभामुख घर्तीले विनियोजन विधेयकमाथिको छलफलमा लैजान पटक-पटक आग्रह गरे पनि नमानेपछि सरकार र प्रतिपक्षीबीच छलफलका लागि
    बैठक स्थगित गरिएको हो ।

    नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार