Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

    एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 609
    SHARES

    बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार बसेको प्रदेशसभा बैठकमा पनि अवरोध कायमै राखेको छ ।

    बैठक सुरु हुनासाथ सभामुख तुलबहादुर घर्तीले प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेस गर्न आग्रह गरेका थिए ।



    त्यसपछि बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।



    नाराबाजीकै क्रममा सभामुखले अर्थमन्त्री मास्कीले राखेको प्रस्तावलाई निर्णायार्थ पेस गरेर पारित भएको घोषणा गर्दै सत्ता र प्रतिपक्षलाई छलफल गर्न भन्दै बैठक एक घण्टा स्थगित गरेका हुन् ।

    नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार