Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक रोकियो

    जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक रोकियो

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 606
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक चलिरहँदा जेनेरेटरमा आगलागी भएपछि बैठक स्थगित भएको छ ।

    दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो ।



    सभामुख तुलाराम घर्तीले चौधरीले प्रदेश सभाको जेनेरेटरमा आगो लागेकाले दश मिनेटका लागि सदन रोक्ने सूचना सांसदहरुलाई दिएका थिए ।



    जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार