Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बैंकिङ कसुर मुद्दाका ओरापीलाई छुटाउन पीडितलाई मिल्न दबाब दिंदै प्रहरी

    बैंकिङ कसुर मुद्दाका ओरापीलाई छुटाउन पीडितलाई मिल्न दबाब दिंदै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका आरोपीलाई छुटाउन प्रहरीले नै पीडित पक्षलाई दबाब दिएको रहस्य खुलेको छ । विभिन्न व्यक्तिसँग करोडौं रुपैयाँ लिएर फिर्ता नगरेपछि चेक बाउन्स मुद्दाम पक्राउ परेका सरोज घिमिरेलाई छुटाउन प्रहरीले नै पीडित पक्षलाई मिल्न दबाब दिएको बुझिएको छ ।

    शुक्रबार ललितपुरबाट पक्राउ परेका घिमिरेलाई छुटाउनका लागि जिल्ला प्रहरी परिसर ललितपुरका एक प्रहरी निरीक्षकले पीडितलाई दबाब दिएका हुन् । पीडितमध्येका एक व्यक्तिले भने–‘इन्सपेक्टर सावले नै मिल्नका लागि पटक–पटक फोन गरिरहनु भएको छ । आफ्नो पैसा आएको छैन कसरी मिल्नु ?’



    पक्राउ परेका घिमिरेले प्रहरीका उच्च तहका हाकीमहरुको रकम समेत चलाएको स्रोतको दावी छ । कुनै बेला काभ्रेली गुण्डा समूहका नाइके भनेर चिनिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा नजिक मानिएका घिमिरेले गुण्डागर्दी र प्रहरीकै आडामा विभिन्न व्यक्तिसँग लिएको करोडौं रकम फिर्ता गरेका छैनन् ।



    हामीलाई प्राप्त जानकारी अनुसार घिमिरेले अनिल यादव, अनिल कुमार वर्मा, दिलिप कुमार यादव, कुमार श्रेष्ठ, सिमा देवी, सुमित्रा भण्डारी, सञ्जिव राई, दिपेन थापा मगर, हेमा बटाजु, मोहन कुमार महतलगायतसँग करोडौं रकम लिएर फिर्ता गरेका छैनन् । उनले सबैलाई विभिन्न मिति राखेर चेक दिएपनि चेक भने साटिएको छैन ।

    यता, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवं प्रवक्ता नवराज कार्की भने घिमिरेलाई कसैको दबाबमा नछाडिने दावी गर्छन् । अनलाइन नेपालसँग कुरा गर्दै एसपी कार्कीले भने–‘सम्मानित जिल्ला अदालतबाट म्याद थप गरिएको व्यक्तिलाई कसैको दबाबमा छाड्न मिल्छ र ? उहाँमाथि अनुसन्धान भइरहेको छ । हामीले पीडितलाई कुनै प्रकारको दबाब दिएका छैनौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार