Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बाढी प्रभावितको खोज, उद्धार र राहतमा जुट्न एमालेको माग

    बाढी प्रभावितको खोज, उद्धार र राहतमा जुट्न एमालेको माग

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 609
    SHARES

    काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) ले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न माग गरेको छ ।

    पार्टीको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जारी विज्ञप्तिमा पीडितलाई राहत दिन र घाइतेको उपचार गर्न माग गरेको हो ।



    प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।



    त्यस्तै सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    बाढीपहिरो र डुबानमा परि केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै कैयौँ व्यक्तिहरु घाइते भएका छन् भने कतिपय स्थानमा सडक मार्ग अवरुद्ध भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार