Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउनेछ : प्रधानमन्त्री प्रचण्ड

    निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउनेछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नका जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री दाहालले भने, ‘निजगढ एयरपोर्टको बारेमा मैल धेरै पटक यस सम्मानित सदनमा राखेको छु । हामीले जो फास्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फास्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ एयरपोर्टलाई यथाशीघ्र अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।’



    प्रधानमन्त्री दाहालले यही असार महिना भित्रै नै बुढिगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने आश्वासन समेत दिए । असार महिना भित्रै सो आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम पनि सुरु गर्ने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार