Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बंगलादेशसँगको खेलका लागि महिला फुटबल टोलीको घोषणा

    बंगलादेशसँगको खेलका लागि महिला फुटबल टोलीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 951
    SHARES

    काठमाडौं । एसियाली खेलकुदको तयारीस्वरूप हुन लागेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

    नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । थापाले यसअघि बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट सात खेलाडीलाई बाहिर राख्दै नेपाली टिमको घोषणा गरेका हुन् ।



    चोटका कारण टोलीबाट बाहिर रहँदै आएकी गीता राना, प्रीति राई र अञ्जली वाइबा सहति तीन खेलाडी टोलीमा फर्किएका छन्।१९औं एसियाली खेलकुदको तयारी स्वरूप नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। जुलाई १३ र १६ मा बंगलादेशको ढाकामा नेपालले दुईवटा खेल खेल्ने भएको हो।



    १९औं एशियाली खेलकुद २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म चीनको हाङचाउमा आयोजना हुँदैछ ।

    नेपाली टिम

    एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अन्जना रानामगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सावित्रा भण्डारी, सुरु लिम्बु, समीक्षा घिमिरे, गीता रानामगर, हिराकुमारी भुजेल, निशा थोकर, प्रीति राई, पुजा राना, रश्मी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता रानामगर, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा शाही, अञ्जली वाइबा ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार