Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित

    मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 912
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी ४-१ ले पराजित भएको छन् ।

    जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीमाथि सानदार जित निकालेको हो ।



    खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए ।



    इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४-१ को जित दिलाए ।

    जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६(० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार