Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक

    पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 684
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको पहिलो रोजाइ सार्वजनिक भएको छ ।

    नेपाली टिमका मुख्य प्रशिक्षक प्रवेस कटुवालले रोहित चन्दको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ :०० बजे सुरु हुनेछ।



    पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

    पाकिस्तान विरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।

    नेपाली टिम :

    दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ, आङ्देम्बे, पुजन उपरकोटी, आयुष घलान, विमल घर्तिमगर, अन्जन विष्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार