Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

    महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 543
    SHARES

    काठमाडौं । अनन्त राज थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।



    आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्तलाई महिला टिम हेर्ने जिम्मेवारी दिएको हो ।



    यस्तै भारतसँगको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा गंगा गुरूङ, गोलकिपिङ प्रशिक्षकमा शुरज कुमार लामा नियुक्त भएका छन् ।

    मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार