Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालेन शाह र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

    बालेन शाह र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार लन्च मिटिङ भएको हो ।

    सो क्रममा देश र जनताका मुद्दाहरुमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक सञ्जालफर्मात जानकारी दिए ।



    ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो’, श्रेष्ठले भनेका छन्, ‘उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो ।’



    श्रेष्ठ र शाहबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको पनि बताइएको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार